नेटफ्लिक्समा आउदै ‘बिस्ट’

फिल्म । दक्षिण भारतीय सुपरस्टार थलापति विजय अभिनित फिल्म ‘बिस्ट’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुने भएको छ । फिल्मले बक्स अफिसमा कमाल देखाउन नसकेपछि नेटफ्लिक्समा रिलिज गरिने भएको छ । नेल्सन दिलीपकुमार निर्देशित फिल्मलाई आउँदो मे महिनाको ११ तारिखमा नेटफ्लिक्समा हेर्न पाइनेछ । फिल्ममा विजयसँग प्रमुख भूमिकामा पूजा हेगडेको अभिनय छ । फिल्ममा योगी बाबु, अर्पणा दासलगायत कलाकारले अभिनय गरेका छन् । एक्सन थ्रिलरको यो फिल्मका लागि अभिनेता विजयले १० वर्ष पश्चात टिभी अन्तर्वार्ता समेत दिएका थिए । प्यान इन्डिया फिल्मको रुपमा रिलिज गरिएको फिल्मले कुनै पनि भाषामा दर्शकको साथ पाउन सकेन ।

कमेन्ट गर्नुहोस्