फिल्म । जेम्स बोन्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टू डाई’ मा हलिउड अभिनेता डेनियल क्रेग जासुसका साथै बाबुको भूमिकामा छन्। फिल्ममा उनी दुनियालाई एक मिहामारीबाट बचाइरहेको देखिने छन्। बोन्ड आफ्नी प्रेमिका डा. मेडलिन स्वानकी छोरीका बाबुको भूमिकामा छन्। मेडलिनको भूमिका फ्रेन्च अभिनेत्री ली सेडक्सले निर्वाह गरेकी छन्। बच्चीको नाम मेटहिल्ड हो।
डेलिमेल डटका अनुसार फिल्ममा मेटहिल्डको भूमिका पाँच वर्षीय बाल कलाकार लिसाडोरा सनले निर्वाह गरेकी छन्। डेनियल यो फिल्म सरप्राइजिङ तथा मनोरञ्जनात्मक बनाउन चहान्थे र उनको चहाना पूरा भएको छ। यो नयाँ फिल्ममा बोन्डले मानवलाई जैविक महामारीबाट बचाउने छन् । यो फिल्मको विषय एकदम कोभिड १९ होइन तर यसकै समान र समसामयिक हो । कोभिड १९ कै कारण सरेको फिल्म नोभेम्बरमा रिलिज हुने भनिएको छ । यद्दपी अवस्था सामान्य नभए नयाँ मिती तोकिने बताईएको छ ।
हलिउडमा सफल सिरिज मध्यको एक हो ‘जेम्स बोन्ड’ । स्पाई थ्रिलर यसफिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सेरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफुलाई जेम्स बोन्डको रुपमा अगाडी ल्याईसकेका छन् । पछिल्लो समय बोन्डको रुपमा ड्यानियल क्रेग छन् । उनि सन् २००६ मा रिलिज भएको फिल्म ‘क्यासिनो रोयल’ देखि नै जेम्स बोन्डको भूमिकामा देखिदै आएका छन् । ब्रिटिश जासुस जेम्स बोन्डको चरित्रमा आधारित रहेको शृंखलाको यो २५ औं फिल्म हो भने क्रेगको बोन्डका रुपमा पाँचौं तथा अन्तिम फिल्म । जेम्स बोन्ड हलिउडको सबभन्दा लामो चलेको शृंखलामा पर्छ । लेखक इयान फ्लेमिङले सृजना गरेको एजेन्ट जेम्स बोन्डको चरित्रमा अभिनय गर्ने क्रेग छैटौं कलाकार हुन् ।
क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाइ’ मा क्रेगसँगै क्रिस्टोफ वाल्ट्ज, रामी मलिक र लिया सिडु लगायतका कलाकारले अभिनय गरेका छन् । फ्रेन्च अभिनेत्री सिडु यसअघिको बोन्ड फिल्ममा पनि थिइन् । रामी मलिकले गत वर्षमात्रै ‘बोहेमियन र्याप्सोडी’का लागि उत्कृष्ट अभिनेताको ओस्कर पाएका थिए भने अर्का ओस्कर विजेता क्रिस्टोफ वाल्ट्ज यसअघिको बोन्ड फिल्ममा खलनायक थिए । (एजेन्सी)










