रुपन्देहीमा सुमनकै नेतृत्व

फिल्म । चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा पुनः सुमन श्रेष्ठ निर्वाचित भएका छन् । बिहिबार बुटवलमा सम्पन्न संघको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनले क्षेष्ठलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो । पहिलो कार्यकाल सम्पन्न गरेपछि उनलाई दोस्रो कार्यकालका लागि पनि चयन गरिएको हो । निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सञ्जय सौगात, सचिवमा मोहन न्यौपाने, सह–सचिवमा राजिब भुषाल र कोषाध्यक्षमा रमेश अर्याल रहेका छन् । यसैगरी सदस्यहरुमा रविन्द्र गुप्ता, दिनेश श्रेष्ठ, फुलु सुनार र कपिल अधिकारी रहेका छन् ।

कृष्ण खनाल र कृष्ण भण्डारी मनोनित सदस्यमा चयन भएका छन् । नेपाल चलचित्र संघका पश्चिमाञ्चल सभापति ओम जैसीको प्रमुख आथित्यता र चलचित्र पत्रकार संघ , नेपालका केन्द्रीय सचिव बैकुण्ठ पराजुलीको विशिष्ठ अथित्यतामा भएको अधिवेशनमा प्रेस युनियनका रुपन्देही सभापति रेखा भुषाल, प्रेस सघंठनका जिल्ला सह–संयोजक कमल रायमाझी लगायतको उपस्थिति रहेको थियो । उपस्थितले नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिदै आफ्नो मन्तव्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्