मेलिनाको ‘तिम्ले बाटो फेर्‍यौ अरे २’ सार्वजनिक (भिडियो)

संगीत । गायिका मेलिना राईको स्वरमा रहेको चर्चित गीत ‘तिम्ले बाटो फेर्‍यौ अरे’ को सफलतापछी यसको भाग २ सार्वजनिक भएको छ । यसै टिमले ‘तिम्ले बाटो फेर्‍यौ अरे २’ सार्वजनिक गरेको हो , जसमा मेलिना राईले स्वर दिएकी छिन् भने दर्पण राईको शब्द र विक्रम राईको संगीत सुन्न सकिन्छ । आफूले गाएको गीतहरूमा मन पर्ने गीत मध्ये यो पनि एक भएको मेलिनाको भनाई छ ।

गीतमा मेलिना आफै देखिएकी छिन । अनिल के मानन्धरले छायाँकन रहेको भिडियोमा राजिव समरको करिओग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । यस भिडियोमा शान थापाको निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्