सङ्गीत । युवा पुस्तामाझ भाइरल थेगो ‘उडी उडी चुप्पा’ बोलमा बनेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा लक्ष्मण भण्डारी, चन्द्र गुरुङसँगै टिकटकबाट भाइरल भएका मोडलद्वय विना राउत र आभा थापाले अभिनय गरेका छन् । भिडियोलाई कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् ।
‘सार्वजनिक गीतको भिडियोमा निर्देशकले दुई जोडीको गज्जबको रोमान्स प्रस्तुत गरेका छन् । गीतको भावसँग मिल्ने गरि मोडल छनौट र कोरियोग्राफिको डिजाइन गरिएको हो । युवा पुस्तामाझ चर्चित थेगोमा आधारित रहेर बनेको गीत भएका कारण यो गीत पनि युवापुस्तामाझ चर्चित हुने अपेक्षा छ’, निर्देशक हिमालीले भने ।
गीतलाई तेजु मगर र उषा लामिछाने थापा मगरले संयुक्त रुपमा गाएका हुन् । गायक मगरकै संगीत रहेको गीतलाई हिरण मगरले लेखेका हुन् । लक्ष्मणजस्तै गीतमा अभिनय गरेका चन्द्र गुरुङ, विना राउत र आभा थापा पनि भिडिओबाट आफूहरु निकै आशाबादी रहेको प्रतिक्रिया दिए । सार्वजनिक भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् भने नविन घर्तीमगर यसका सम्पादक हुन् ।










