फिल्म । कोरोना भाइरस (कोभिड १९ ) बात सिर्जित अवस्था विस्तारै सामान्य हुँदै गएपनि मनोरंजन क्षेत्र भने अझै खुल्न सकेको छैन । विदेशमा विस्तारै फिल्म तथा मनोरंजन क्षेत्रले सुरुवात गरेपनि नेपालमा छायांकन मात्र सुरु भएको छ । हल अझै खुल्न सकेको छैन भने फिल्मनगरीलाई निकै ठुलो धक्का पुगेको छ । यस नगरीलाई पुनः चलायमान बनाउने उदेश्यका साथ् फिल्म महोत्सव हुने भएको छ ।
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले फिल्म सम्बन्धि अन्तरक्रिया मार्फत आउँदो बैशाखमा ‘नेपाली चलचित्र महोत्सव प्रदेश १’ आयोजना गर्ने निर्णय गरेको छ । प्रदेश नं १ मा रहेका पर्यटकीय स्थानलाई प्रवर्धन गर्ने उदेश्यले महोत्सव गर्न लागिएको जनाईएको छ । महोत्सवमा प्रदेश नं १ मा बनेका फिल्म र सर्ट फिल्म प्रदर्शन गरिने महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । महोत्सवमा चलचित्र सम्बन्धि कार्यशाला र फिल्मकर्मीलाई सम्मान पनि गरिनेछ ।