‘प्रसादमा मौलिकता छ’ धुर्मुस र सुन्तली

फिल्म । फिल्म ‘प्रसाद’ ले यतिबेला चौतर्फी प्रसंसा बटुलिरहेको छ । फिल्म हेरेका अधिकाँसले यसको विषयवस्तु र सरल प्रस्तुतीकरणलाई रुचाएका छन् । फिल्मलाई दर्शक र फिल्मकर्मीसंगै समिक्षकले पनि रुचाएका छन् । फिल्मको चर्चा परिचर्चा हुन् थालेपछि विभिन्न क्षेत्रका व्यक्तिले यसलाई हेर्नेक्रम बढ्दो छ । यसैबीच राजधानी स्थित सिभिल मल रहेको क्युएफएक्समा धुर्मुस र सुन्तली जोडी अर्थात् सिताराम कट्टेल तथा कुञ्जना घिमिरेले फिल्म हेरेपछि मन परेको प्रतिक्रिया दिएका छन् ।

‘एउटा पृथक मात्र होइन मौलिक फिल्म पनि हेर्न पाइयो’ सिताराम भन्छन ‘फिल्मले आफ्नोपन महसुस गराउछ ।’ यसैगरी कुञ्जनाले पनि फिल्मले मनछुने बताइन् । ‘कथावस्तु मात्र होइन यसमा कलाकारले निकै राम्रो अभिनय गर्नु भएको छ’ उनले भनिन् ‘फिल्म हेर्दा रमाइलो लाग्छ तर सोच्दा गहनछ ।’ धुर्मुस र सुन्तली सहित दर्शक प्रतिक्रिया लिन हल पुगेका निर्देशक दिनेश राउत , नम्रता श्रेष्ठ र लेखक सुशील पौडेल उत्साहित देखिन्थे ।

उनीहरु दर्शकसँगै सेलिब्रेटीले समेत रुचाउदा जिम्मेवारी बोध भएको बताईरहेका थिए । सुभाष थापाको निर्माण रहेको फिल्ममा नम्रतासँगै विपिन कार्की र निश्चल बस्नेत मुख्य भूमिकामा छन् । फिल्मले दुई दिनमा १ करोडको ग्रस कलेक्सन गरेको वितरकले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्