प्रदीपको ‘एक्टर’ मा दिव्या

फिल्म । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने नेपाली फिल्म ‘एक्टर’को मंगलबार शुभमुहूर्त गरिएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा आयोजित पूजा समारोहमा फिल्मका कलाकार र प्राविधिकले सहभागी थिए ।प्रदीपसहित यो फिल्मबाट डेब्यु गर्न लागेकी अभिनेत्री दिव्या पनि समारोहमा थिइन् । उनी अभिनेता दीलिप रायमाझीको छोरी हुन् ।

दिव्या पहिलोपटक अभिनेत्रीको रुपमा सार्वजनिक कार्यक्रममा आएकी हुन् । उक्त समारोहमा आना शर्मा, दिव्यदेव पन्त, निर्देशक राजन भूसाल सहभागी थिए । वैदिक विधिअनुसार यज्ञसहितको पूजा गरिएको र वैशाख २० गतेदखि मुस्ताङ, पोखरा र काठमाडौंमा हुनेछफिल्मको छायांकन गरिने निर्देशक भूसालले जानकारी दिए ।

उनका अनुसार यो फिल्मले नेपाली फिल्म अभिनेताको संघर्ष र उसको रोमान्सको यथार्थ पाटो चित्रण गर्छ । डेब्यु निर्देशक राजन भुसालले आकाश बरालसँग मिलेर यो फिल्मको पटकथा लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्