सिड्नी । अष्ट्रेलिया भ्रमणमा रहेका गायक बद्री पंगेनीले नेपाली फिल्म ‘सेल्फी किङ’ देखाईएको कथासँग आफूले रिलेट गर्ने बताएका छन् । यहाँ सिड्नीको ग्रान्भिलमा रहेको फ्लेभर्स अफ नेपाल रेस्टुरेन्टमा आयोजित ‘मिट एण्ड ग्रीट विथ बद्री पंगेनी’ नामक कार्यक्रममा सहभागी भएका बद्रीले निर्माता शुभाष थापालाई देखेपछि यस्तो बताएका हुन् ।
उनले आफूले ‘प्रसाद’ र ‘सेल्फी किङ’ दुवै फिल्म हेरेको पनि बताए । उनले भने,’मैले सुभाषजी निर्मित फिल्म हेरेको छु । सेल्फी किङमा देखाईए झैँ मेरो जीवनमा पनि घटना घटेको छ । म एक कार्यक्रमका क्रममा गुल्मी पुग्दा मेरो बा स्वर्गीय हुनुभो । मैले उहाँको अन्तिम दर्शन पाइन् । यो कथा धेरै कलाकारको जीवन व्यक्त गर्ने बनेको छ । मेरा लागि सर्वोत्कृष्ट फिल्म हो ।’
उनले त्यस्ता विषयलाई पर्दामा ल्याउने आट गरेको भन्दै निर्माता थापालाई धन्यवाद पनि दिए । उक्त कार्यक्रममा बद्रीलाई सम्मान पनि गरिएको थियो ।