भ्यालेन्टाइन डेमा ‘घाम जुन चाहिँदैन…’ (भिडियो)

फिल्म । भ्यालेन्टाइन डे को अवसर पारेर फिल्म ‘लभ स्टेशन’ को लभ गीत सार्वजनिक गरिएको छ । गीतमा प्रदीप खड्का र जसिता गुरुङ फिचर्ड छन् भने यसलाई भियतनामको विभिन्न सुन्दर स्थानमा छायाँकन गरिएको छ । ‘घाम जुन चाहिँदैन…’ बोलको गीतमा शब्द र संगीत दीपक शर्माको रहेको छ भने यसमा सुगम पोखरेल र रेश्मा पुनले स्वर दिएका छन् । गीतलाई शिशिर खातीले कोरियोग्राफ गरेका हुन् । ‘गीतले मायाको आभाष दिलाउछ , त्यसैले भ्यालेन्टाइन डेमा रिलिज गरेका हौ’ प्रदीपले भने ‘फिल्मले युवापुस्ताको प्रेम कथालाइ बोल्छ , जहाँ प्रेम आकर्षण मात्र होइन ।’

फिल्मलाई पुराना निर्देशक उज्वल घिमिरेले निर्देशन गरेका छन् भने यो आउदो चैत्र २२ मा रिलिज हुदैछ । उनले यसलाई सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्म भन्दै आइरहेका छन् । फिल्मलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

कमेन्ट गर्नुहोस्