फिल्म । धेरैको रोजाईकी मोडल हुन् नीति शाह ।‘मिस नेपाल इन्टरनेसनल’ समेत रहेकी नीतिलाई धेरै निर्माता–निर्देशक फिल्म खेलाउने प्रयास गरिसकेका छन् । तर कोहि सफल हुन् सकेका छैनन् । पछिल्लो समय युवापुस्ता माँझ पपुलर फेसहरु अनमोल केसी , प्रदीप खड्का , सलिन मान बनिया लगायतको अपोजिटमा रहेर नीतिलाई काम गर्ने अफर नगएको होइन तर उनले आफ्नो सहमति जनाई सकेकी छैनन् ।
केही समयअघि उनले प्रदीप खड्काको अपोजिटमा ‘प्रेम गीत ३’ खेल्न लागेको खबर बाहिरियो । उनले प्रदीपसँग एक विज्ञापनमा काम गरेकी छिन् । यसैले गर्दा उनि प्रदीपको पछिल्लो रिलिज फिल्म हेर्न पुगेकी थिइन् । त्यो खबर बाहिरियो के, भाइरल भयो । बाध्य भएर नीतिले फेसबुकमा स्ट्याटस राखेर खबरको खण्डन गरिन् । तर , पछिल्लो समय उनले एक प्रस्तावलाई भने केहि समयको लागि मात्र टालेकी छिन् ।
अर्थात् उनले फिल्म नखेल्ने भनिन् , नखेल्नुको कारण शिक्षा देखाइन् । उनले ब्याचलर्स सकिएपछी फिल्ममा आउने योजना रहेको बताइन । उनलाई अरु कोहि नभएर भुवन केसीले प्रस्ताव राखेका थिए । उनले नीतिलाई ‘एन्टी हिरो’मा अनमोलको अपोजिटमा हिरोइन बनाउने प्रस्ताव राखेका थिए । एउटा इभेन्टमा भेट भएका भुवनले जब उनीसँग प्रस्ताव राखे । नीति साँच्चै ब्याचलर्स सकिएपछी फिल्ममा आउछिन् या यो जवाफ पनि भुवनलाई टार्नैलाई हो ? यो भने आउँदो दिनले नै बताउनेछ ।