हेमन्तको नयाँ गीत ‘भाग्यमानी’ (भिडियो)

संगीत । करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ गीत सार्वजनिक भएको छ । म्युजिक नेपाल मार्फत सार्वजनिक ‘भाग्यमानी …’ बोलको गीतमा हेमन्तलाई देवी घर्ती, झलक संगीतम, टेकेन्द्र बोहरा, शर्मिला बीसी, प्रतिमा विश्वकर्मा र अमृता नेपालीले साथ दिएका छन् । गीतको रचनाकार सपना रसाइली र संगीत झलक संगीतामको रहेको छ । गीतलाई धेरै दर्शक तथा स्रोताले मन पराएको हेमन्त बताउँछन् । ‘मौलक नेपाली बाजा र लोक फेभरका भएकाले गीत राम्रो बनेको छ । दर्शक र स्रोताले पनि मन पराइरहेका छन्,’ हेमन्तले भने ।

सो गीतमो म्युजिक भिडियो पनि तयार भएको छ । गीतमा श्रीप्रसाद थापा र रिना थापा मगरले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन उमेश गुरुङले गरेका छन् । हेमन्तले २०६३ सालमा गाएको ‘काँचो सुन्तला…’ बोलको गीत निकै हिट भएको थियो । यसबीचमा उनले करिब दुई दर्जन गीत गाए । लोकगायनका साथे अहिले उनी कुशल सारंगी वादकका रूपमा पनि चिनिन्छन् । उनले सात हजारभन्दा बढी गीतमा सारंगी बाजा बजाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्