नरेश र एलिजाको ‘झन् झन् माया बढ्यो’ (भिडियो)

0 Shares

संगीत । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय एड र म्युजिक भिडियोमा अभिनयलाई निरन्तरता दिईरहेका नरेश अभिनित ‘झन् झन् माया बढ्यो’ बोलको गीत काठमान्डौमा एक कार्यक्रमको बीच मंगलवार सार्वजनिक गरिएको हो । संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ ।

सार्वजनिक गीतमा गायक नारायण धिताल र गायिका मेलिना राईको स्वर रहेको छ । गीतमा नरेशसँगै एलिजा गौतमको अभिनय रहेको छ । अभिनेत्री समेत रहेकी एलिजा पछिल्लो समय भिडियोमा खोजिने अनुहारमा पर्छिन् । बेल्जियममा बस्दै आएका समाज सेवी गायक नारायण डेढ दशक देखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय छन् । सार्वजनिक गीतको भिडियोमा छायाँकन निसाल पौडेल , सम्पादन विकाश दाहालको रहेको छ भने यसलाई युवराज वाइवाले निर्देशन गरेका हुन् ।

आयोजित कार्यक्रममा भिडियोसँग सम्बन्धित युवराज , नरेश र एलिजासँगै निर्देशक मिलन चाम्स,निर्देशक समाजका महासचिव जनकदिप पराजुली,एसपी प्रेम कुमार श्रेष्ठ,निर्माता ज्योतिराज राइ,मिस नेपाल सुगारिका केसी लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्