नरेन्द्र र दयाराम बोर्ड सदस्यमा नियुक्त

फिल्म । चलचित्र बिकास बोर्ड सदस्यमा फिल्म निर्माता नरेन्द्र महर्जन तथा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । केहि समय यता रिक्त रहेको दुइ पदमा नरेन्द्र र दयाराम नियुक्त भएका हुन् । नरेन्द्रको यो दोस्रो कार्यकाल हो भने दयारामको पहिलो । यी दुइले आज २ वर्षे कार्यकालको लागि चिट्ठी समेत बुझिसकेका छन् । सूचना तथा सञ्चारमन्त्रि गोकुल बास्कोटाले रिक्त रहेको पद परिपूर्ति गरेका हुन् । ३ सदस्य रहने बोर्डमा विजय देउजा सदस्यमा केहि समय अगाडी मात्र नियुक्त भएका थिए ।

कमेन्ट गर्नुहोस्