लुक्सका कारण चर्चामा यश

फिल्म । ‘रकी भाई’ को उपनाम पाएका यश पछिल्लो समय लुक्सका कारण चर्चामा आएका छन् । ‘केजीएफ’ सिरिजमार्फत विश्वभर प्रसिद्ध भएका यशले ‘टक्सिक’ नामक फिल्ममा काम गर्दैछन् । यसमा उनले आफ्नो अवतारलाई भिन्न बनाउन केही परिवर्तन गरेका छन् । ‘केजीएफ’ मा लामो दाह्री र कपालमा देखिएका यश नयाँ अवतारमा भने छोटो दाह्री र कपालमा देखिनेछन् ।

उनले लुक्स परिवर्तन गरिरहेको तस्बिर सार्वजनिक भएसँगै चर्चा बढेको छ । उनको लुक्स डिजाइनरले सार्वजनिक गरेको तस्बिरमा विभिन्न कमेन्ट प्राप्त भइरहेको छ । यशलाई ठूलो पर्दामा हेर्न दर्शक अधैर्य सुनिएका छन् ।

साथै, उनले ‘केजीएफ : च्याप्टर ३’ मा समेत छिट्टै काम गर्ने चर्चा छ । गत अप्रिल १४ मा फिल्म प्रदर्शन भएको एक वर्ष पुरा भएको अवसर पारेर निर्माण कम्पनि होमबाले फिल्मस्ले ‘केजीएफ : च्याप्टर ३’ बन्ने घोषणा गरेको छ। केजीएफ फ्रेन्चाइजी भारत मात्र नभएर नेपालमा समेत उत्तिकै रुचाइएको फिल्म हो ।

कमेन्ट गर्नुहोस्