सलमानसंग काम गर्न पनि महँगो पारिश्रमिक

फिल्म । पछिल्लो समय अभिनेत्री पुजा हेगडे विस्तारै चर्चामा आउदै छिन् । उनले बलिउडसंगै दक्षिण भारतीय फिल्ममा काम गरिरहेकी छिन् । पछिल्लो समय साउथ इन्डियन फिल्मसंगै बलिउडमा पनि उत्तिकै क्रेज भएका अभिनेता प्रभाससंग जानमा का गरेकी छिन् । यसले गर्दा पनि यिनको चर्चा बढ्दो छ । उनले ‘मोहेन्जो दारो’बाट बलिउडमा पाइला टेकेकी हुन् । फिल्म नराम्रो बनेका कारण फ्लप भयो तर पूजाले भने सबैको ध्यान आफूतर्फ खिचिन् ।

यसपछि ‘हाउसफुल-४ जस्तो सफल फिल्म पूजाको हात पर्‍यो । यिनै पूजालाई सलमान खानसँग फिल्म खेल्ने मौका मिलेको छ । ‘कभी इद कभी दिवाली’ मा उनी सलमान खानकी हिरोइन हुने चर्चा केहि समय यता बि-टाउनमा छ । यो फिल्म गर्न पूजाले निकै आकर्षक पारिश्रमिक लिएकी छन् ।

बुझीए अनुसार ‘हाउसफुल-४ का लागि जति पारिश्रमिक लिएकी थिइन् त्यसको चार गुणा बढी पारिश्रमिक ‘कभी इद कभी दिवाली’ का लागि लिएकी छन् । पूजाको यो डिमान्ड निर्माताले सहर्ष स्किारेका छन् । यी दुवै फिल्मका निर्माता साजिद नाडियाडवाला हुन् । सलमान प्राय नयाँ हिरोइनसँग फिल्ममा देखिने गरेकाछन् । ‘राधे’ मा उनी दिशा पाटनी र ‘कभी इद कभी दिवाली’ मा पूजा हेगडसँग अभिनय गर्दै छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्