ज्ञानीमाया र हेरुकाको ‘गोधुली’ (भिडियो)

संगीत । गायक प्रताप दास र गायिका कविता श्रेष्ठको स्वर रहेको ‘गोधुली’ गीत सार्वजनिक भएको छ । राजेश कुमार श्रेष्ठको शब्द र संगीतमा तयार भएको गीतको भिडियोलाई भुईसल लामाले निर्माण गरेका हुन् । गीतमा दिनेश पाख्रिनको निर्देशन रहेको छ ।

नव प्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको गीत शुक्रवार सार्वजनिक गरिएको हो । गीतमा ज्ञानीमाया र हेरुकाको रोमान्सलाई प्रस्तुत गरिएको छ । प्राकृतिक सौन्दर्य सहितको लोकेशनमा खिचिएको गीतमा नव प्रतिभा ज्ञानीमाया र हेरुका लाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । अमूल कार्कीको एरेञ्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको छ । यस्तै, भिडियोमा दिक्षा पाख्रिनको कोरियोग्राफि रहेको छ ।

कमेन्ट गर्नुहोस्