सुरु भयो ‘बाहुबली’ निर्देशकको नयाँ फिल्म

टलिउड । ‘बाहुबली’ सिरिज मार्फत निकै चर्चामा आएका निर्देशक एसएस राजमौलीले नयाँ फिल्मको छायाँकन सुरु गरेका छन् । उनले सोसल मिडिया मार्फत यसको जानकारी गराएका छन् । फिल्मका दुई स्टार जुनियर एनटिआर र राम चरणसँगको तस्वीर शेयर गर्दै उनले आजबाट शुटिङ सुरु भएको लेखेका छन् । फिल्मको नाम ‘आरआरआर’ राखिएको छ ।

उनले जुनियर एनटिआरसँग पहिलो डेब्यु फिल्म ‘स्टुडेन्ट नम्बर १’ मा काम गरेका थिए । त्यसपछि उनले दोस्रो फिल्ममा पनि उनैसँग काम गरे । राजमौलीले राम चरणसँग भने एक मात्र फिल्म ‘मगाधिरा’ मा काम गरेका छन् । उनले ११ वटा फिल्म निर्देशन गरिसकेका छन् भने यो उनको १२ औ फिल्म हो ।

कमेन्ट गर्नुहोस्