अनलाइनमा रिलिज हुँदै ‘लक्ष्मी बम्ब’

फिल्म । कोरोना भाइरसको कारण विश्व अहिले ‘लकडाउन’ मा छ । कोरोना भाइरसको फैलिदो संक्रमणलाई रोक्न लकडाउन गर्दै समाजिक दुरी कायम गर्नु पर्ने भएकोले विश्वकका अधिकांस देश अहिले लगभग बन्द छन् । केहि काम घरबाटै गरिएको छ । स्वास्थ्य र सुरक्षाकर्मी बाहेक लगभग अन्य घरमै छन् । यसैसँगै मनोरंजन क्षेत्र पनि उत्तिकै मारमा परेको छ ।

चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले विश्वका अधिकांस देशमा पुगिसकेको छ । चीनको केहि फिल्म हल खुलेता पनि अन्य देशमा भने बन्द छ । हलिउड तथा बलिउडका ठुला फिल्महरुले रिलिज रोकिरहेका छन् । तर , अक्षय कुमार अभिनित फिल्म ‘लक्ष्मी बम्ब’ रिलिजको तयारीमा छ ।

तोकिएको समयबाट केहि पर सार्दै फिल्मलाई डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी निर्माण पक्षले थालेका छन् । ‘लक्ष्मी बम्ब’लाई अब निर्माण पक्षले हलमा नभएर अनलाइन प्लेटफर्ममा रिलिज गर्ने तयारी गरेका हुन् । फिल्मका निर्माता तथा निर्देशकसँगै अभिनेता अक्षय कुमारले ‘डिज्नी प्लस हटस्टार’ नामक एपसँग रिलिजको विषयमा कुराकानी गरिरहेका छन् ।

फिल्मको केहि काम मात्र बाँकी रहेको र उक्त काम आउँदो जुनसम्म सकिने भएकाले अनलाइनमा रिलिज गर्ने तयारी निर्माण पक्षले थालेको हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्