सोनु निगम नेपालमा

सङ्गीत । भारतका प्रसिद्ध गायक सोनु निगम आज साँझ बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने साङ्गीतिक कार्यक्रम ‘सोनु निगम लाइभ इन नेपाल’ मा सहभागी हुन नेपाल आइपुगेका छन् । एअरइन्डियाको विमानमार्फत आज दिउँसो २ बजेर ३३ मिनेटमा बजे नेपाल आइपुगेका सोनु विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गरेपछि अभ्यास गर्न कार्यक्रम स्थल हिडेका छन् । नेपाली टच नेपालको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन् नेपाल आएका गायक निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न आतुर बताउनुभयो ।

आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले नेपाल ल्याईएको बताए । साँझ ६ बजदेखि सुरू हुने साङ्ग्ीतिक कार्यक्रममा दश हजार दर्शकको उपस्थिति हुने विश्वास आयोजकको छ । कार्यक्रमका लागि न्यूनतम रु दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकेट राखिएको छ । गायक निगमले स्वर दिएको नेपाली गीतहरू ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत नेपालीमाझ लोकप्रिय छन् ।

कमेन्ट गर्नुहोस्