‘साइनो’ घोषणा

फिल्म । सुपरहिट फिल्म ‘साइनो’ को नाम सापटी लिदै फिल्म ‘साइनो’ घोषणा गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको फिल्मलाई दशक अगाडी यसै फिल्ममा अभिनेत्री रहेकी भुवन चन्दले निर्माण गर्दैछिन् । नेपालकी प्रथम नायिका भुवनको फिल्ममा मिरुना मगर , नीता ढुंगाना र राजकुमारको अभिनय रहनेछ ।

राजकुमारले यसै फिल्म मार्फत डेब्यु गर्दैछन् । ‘प्रथम अभिनेत्री कै फिल्ममा अभिनेत्री हुन् पाउदा निकै खुसि लागेको छ’ मिरुनाले भनिन् ‘केहि सिक्न पाउछु भन्ने आश छ ।’ यसमा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्म खिच्ने जिम्मेवारी रामेश्वर कार्कीमाथि छ । बनिश शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहनेछ ।

सोमवारबाट छायांकन सुरु हुने फिल्मलाई रमेश थापाले फिल्म निर्देशन गर्नेछन् । त्रिकोणात्मक प्रेमकथामा आधारित हुने फिल्मको प्रस्तुतकर्तामा अभिनेत्री चन्द छिन् भने शरण थापा कार्यकारी निर्मातामा छन् । अभिमन्यू ‘निरवी’ ले फिल्मको कथा तयार पारेका हुन् । काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकलगायतका स्थानमा फिल्म खिचिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्