भिटेनले गाए ‘सरौतो’ (भिडियो)

गीत । युवापुस्ता माँझ र्‍यापर भिटेन (समिर घिसिङ) परिचित छन् । उनका गीतले ट्रेण्डिङको शिर्ष स्थान पाउनुले नै उनको फ्यान फ्लोअर्सलाई प्रस्ट्याउछ । र्‍याप मार्फत उदाएका भिटेनले मङ्सिर १३ गते रिलिज हुने लागेको फिल्म ‘सरौतो’को प्रमोशनल गीतमा आवाज भरेका छन् । शिर्ष गीतमा भिटेनकै शब्द तथा संगीत पनि छ । फिल्म सार्वजनिक टिजर मनपरेपछि भिटेनले गीत तयार गरेका हुन् । यो गीतको भिडियोमा भिटेन आफै पनि देखिएका छन् । उनले पहिलो पटक नेपाली फिल्मका लागि तयार पारेको गीतलाई निर्माण पक्षले सार्वजनिक गरेको हो ।

गीतमा मार्फत भिटेनले अन्याय सहन नहुने भाव व्यक्त गरेका छन् । गीतमा भिटेनको साथमा मुख्य कलाकारहरु सुमी मोक्तान पनि देखिएकी छिन् । गीतलाई तिहारको छेकोमा छायाँकन गरिएको हो । गीतमा भिटेन केहि फरक अन्दाजमा प्रस्तुत भएका छन् । फिल्मकै थिम अनुसार गीतलाई तयार गरिएको छ । गीतलाई फिल्मकै निर्देशक हरी हुमागाईंले यसलाई तयार गरेका हुन् । रुथलेस बिट्जको संगीत र मिक्सिङ्ग रहेको गीतले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको रहेको छ । गीतलाई ‘सरौतो’ टाइटलमै रिलिज गरिएको हो भने यसको भिडियोलाई समीर गुरुङले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियो र एडमा चिनिएको नाम हरीले यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । यसमा सुमीसँगै लियो ट्यांक , सन्नी सिंह , आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , विजय लामा , धिरेन शाक्य , युवराज लामा, मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ । फिल्ममा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।

विज्ञापन

फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , भिटेनको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , भिटेन, श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्