फिल्म । गत शिवरात्रिको अवसर पारेर प्रदर्शन भएको फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको नयाँ गीत ‘विहानीको न्यायो मौसम’ मा एसडी योगीको स्वर र संगीतमा समावेश रहेको गीतमा राम अविरल बिष्टको शब्द छ । यो गीतलाई हलमा फिल्म हेरेका दर्शकले पनि निकै रुचाएका छन् ।
गीतको भिडियोमा फिल्मका मुख्य तीन कलाकारहरु पल शाह, दीपिका प्रसाँई र नव-नायक समिम खानलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोले पनि फिल्म त्रिकोणात्मक प्रेमकथामा बनेको वुझ्न सकिन्छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठ, समीम खान, राजाराम पौडेल, अन्शु महर्जन, लक्ष्मी गिरी लगायतका कलाकारहरुको अभिनय छ ।
ध्रुव न्यौपाने, राज कटुवाल, चन्द्र पन्तको लगानी छ । फिल्ममा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् । क्रियटिभ सिने आर्टस्का लागि फिल्ममा नेम महर्जनको पनि लगानी छ । राजु विक्रम थापाको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, कविराज गहतराज र प्रविण खतिवडाको कोरियोग्राफी छ ।












