‘बोक्सीको घर’ को उत्साहजनक कलेक्सन

फिल्म । गत वैशाख २४ गतेदेखि प्रदर्शन भएको फिल्म ‘बोक्सीको घर’ ले चार दिनमा तीन करोड २४ लाखको ग्रस् कलेक्सन गरेको छ । निर्माण पक्षले उप्लब्ध्गराएको तथ्यांकअनुसार फिल्मले विकेन्डमा २ करोड ३० लाख, आइतबार र सोमबार ९४ लाख ग्रस व्यापार गरेको छ ।

वितरक प्रचण्डमान श्रेष्ठले दर्शकबाट मिलेको राम्रो वर्डअफ माउथको प्रभाव वीक डेजको बक्सअफिस कलेक्सनमा देखिएको बताए ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको फिल्म सोही शिर्षकको नाटकमा आधारित छ । फिल्ममा सुलक्षण भारती, स्वेच्छा राउत, सुपला सापकोटा र रमा थपलियाको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्