साराले छाडिन् घर ?

फिल्म । गत वर्ष रिलिज भएको दुइ फिल्म मार्फत नै एक्ट्रेस साराअलि खानले आफ्नो पहिचान स्थापित बनाइन । एक्टर सैफअलि खान र अमृता सिंहको छोरीको रुपमा चिनिएकी साराले यतिबेला खुदको पहिचान बनाइसकेकी छिन । यिनै सारा अब आमा झैँ इन्डिपेन्डेड भएकी छिन । अर्थात् उनकी आमा अमृता पनि सैफसँग छुटीएपछी आत्मनिर्भर थिइन । अब सारा पनि यस्तै भएकी छिन । आमा अमृतासंग बस्दै आएकी सारा एक्लै बस्ने निर्णय सहित घरमा सरेकी छिन । उनि आत्मनिर्भर हुने निर्णय सहित छुटिएकि हुन् ।

सारा पछिल्लो समय एकपछि अर्को प्रोजेक्टसँग टचमा छिन । उनले कुन कुन प्रोजेक्टमा आफुलाई इन गर्छिन , त्यो त सार्वजनिक भएको छैन तर उनलाई अफर भने निकै आएको छ । ‘म आफुलाई आफ्नै खुट्टामा उभ्याउन चाहन्छु’ सारा भन्छिन् ‘आफ्नो शुटिङ सेड्युलको कारणले घरमा असर नपरोस भनेर पनि एक्लै बस्ने निर्णय गरेकी हु ।’ उनले इन्स्टाग्राममा एक फोटो शेयर गर्दै नया सुरुवात भन्दै लेखेकी छिन । उनि नयाँ ठाउमा नया सुरुवात गर्न लागेको देखिएकी छिन । साराको गत वर्ष रिलिज भएको केदारनाथ र सिम्बा दुवै बलिउडमा हिट रहे । उनलाई सम्भावना बोकेको एक्ट्रेसको रुपमा बलिउडमा हेरिएको छ । (एजेन्सी)

View this post on Instagram

Here’s to new beginnings! 💘💝💞💖💗

A post shared by Sara Ali Khan (@saraalikhan95) on

कमेन्ट गर्नुहोस्