निखिलको फिल्मबाट डेब्यु गर्दै उषा

फिल्म । टिकटक हुँदै म्युजिक भिडिओमा उदाएकी मोडल उषा उप्रेतीले फिल्ममा अभिनय गर्ने भएकी छिन् । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘आचार्य’बाट उनको डेब्यु पक्का भएको हो । उनले शुक्रबार निखिलसँगको एक तस्वीर फेसबुकमा सेअर गर्दै नयाँ यात्रा थालनी भएको उल्लेख गरेकी छन् ।

एक्सनप्रधान रहने ‘आचार्य’मा निखिल स्वयं मुख्य भूमिकामा देखिँदैछन् भने उनकी श्रीमती तथा अभिनेत्री सञ्चिता लुईँटेलको पनि अभिनय रहनेछ । यसपटक फिल्ममा फरक शैलीको एक्सन पस्किने तयारीमा रहेको निखिलले बताएका छन् ।

‘यसपटक पुनः मैले फरक किसिमको फिल्म दर्शकलाई दिने तयारी गरेको छु । जेठको अन्तिमबाट छायांकन गर्ने तयारी छ । यो फिल्म नेपालसँगै भारतको केहि स्थानमा छायांकन हुनेछ’, उनले भने ।

प्याराग्लाइडिङबाट स्टन्ट गरेको दृश्य फिल्ममा समावेश गरिँदैछ । निखिल हालै लोकेसन हेरेर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्