सैफको ‘लभ आजकल’ सिक्वेलमा सारा ?

बलिउड । पछिल्लो समय फिल्म ‘केदारनाथ’ मार्फत चर्चामा छिन , सारा अलि खान । अभिनेता सैफ अलि खानको छोरी भएकोले उनको चर्चा बढ्दो थियो भने डेब्यु फिल्मको ट्रेलर र गीतमा देखिएको उनको प्रस्त्तुतीले उनलाई थप चर्चा दिएको छ । यिनै साराले अभिनय गरेको दोस्रो फिल्म ‘सिम्बा’ पनि छिटै नै प्रदर्शनमा आउदैछ । तर उनले तेस्रो फिल्म भने साइन गरेकी छैनन् ।

उनलाई फिल्ममा अभिनय गराउने चाहना राखेर थुप्रै निर्माता तथा निर्देशकले अफर नगरेका होइनन् तर उनले ग्रीन सिग्नल कसैलाई दिएकी छैनन् । तर उनलाई आफ्नै पिता सैफ अभिनित फिल्म ‘लभ आजकल’ को सिक्वेलको कथा भने मन परेको छ ।

निर्देशक इम्तियाज अलिले एक्टरमा कार्तिक आर्यन फाइनल गरिसकेता पनि एक्ट्रेस भने फाइनल गर्न सकेका थिएनन् । तर उनले जब सारालाई भिडियोमा देखे उनलाई स्टोरी नै पढ्न दिए । साराले अभिनय गर्ने वा नगर्ने डिसिजन त दिईसकेकी छैनन् तर उनले पनि हिट फिल्मको सिक्वेल सायदै छुटाउलिन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्