‘लौन के गरौँ’मा इस्टुसँग प्रविनको रोमान्स

संगीत । साहित्यकार किरण पल्पसा र बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको ‘लौन के गरौँ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रर्वद्धनमा क्रियाशील रहेकी साहित्यकार किरण पल्पसाको निर्माणमा तयार भएको गीतमा गायिका रचना रिमालको स्वर रहेको छ भने गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।

भिडियोमा हल्का रमाइलोकी चर्चित कलाकार इस्टु कार्की ‘नेप्टी’सँग प्रविन डिसीको रोमान्स देख्न सकिन्छ । भिडियोमा एक प्रेमील जोडीको प्रेम कहानी र दिन उमेरमा आँखा हेराहेरैमा हुने प्रेमलाई कलात्मक शैलीमा निर्देशक जस बहादुर याक्खाले देखाएका छन् । दीपक गिरीको कोरियोग्राफी रहेको भिडियोमा नृत्य निर्देशन सञ्जु चौधरीको रहेको छ ।

कमेन्ट गर्नुहोस्