‘हुक्का : एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक

फिल्म। शम्भु थापाको निर्देशनमा तयार भएको फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक गरिएको छ। इन्टरनेटमा सार्वजनिक गरिएको ट्रेलरले पारिवारिक कथावस्तुलाई समेटेको छ। हुक्काप्रतिको प्रेमबाट सुरु भएको झण्डै तीन मिनेट लामो ट्रेलरमा विभिन्न परिवारका फरक-फरक कथालाई देखाउन खोजिएको छ। अंशको विषयमा हुने घरझगडादेखि पाँचवर्षसम्म सन्तान नहुँदा महिलाले भोग्नुपर्ने पीडालाई ट्रेलरमा समेटिएको छ।

फिल्मका प्रमुख कलाकार प्रमिला खनाल, सन्तोष कुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपानेलाई ट्रेलरमा स्थान दिइएको छ। स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्यमा निर्माण भएको हो। फिल्ममा सन्तोष कुमार आत्रेयको कथा तथा आत्रेय र भगवान पौडेलको पटकथा रहेको छ।

सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमल बहादुर भुजेल र किरण कुमार आत्रेय कार्यकारी निर्माता हुन्। फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन्।

कमेन्ट गर्नुहोस्