गसिप । नम्रता श्रेष्ठले ‘सानो संसार’ मार्फत फिल्मनगरीमा डेब्यु गरिन् । उनले ‘मेरो एउटा साथी छ’ सम्म आइपुग्दा आफुलाई नयाँ पुस्ता माँझ लोकप्रिय बनाइन । उनलाई अभिनय गर्न सक्ने कलाकारको रुपमा चिन्न थालियो । नम्रताको अभिनयको चर्चा जति हुन्छ , त्यति नै उनको मपाईको पनि । कसैले तपाईं भनोस्/नभनोस्, आफैँ मपाईं बन्ने उद्योगको बासी रोग हो । मपाईं गर्ने दौडमा निकै अगाडि छिन्, नम्रता श्रेष्ठ । ‘जाइरा’ रिलिजको समयमा उनको म्यानेजरले पत्रकार माँझ खुबै चर्चा पाइन् ।
किनकी उनको म्यानेजरले नम्रताको फोन उठाउँथिन् र डिटेक्टिभले जस्तो सोधपुछ गर्थिन् । नम्रतालाई भेट्न चाहने हर कोहीले ती म्यानेजरको प्रश्नबाट गुज्रनुपथ्र्यो । आइतबार जापानमा सम्पन्न सूर्य इन्टरनेसनल अवार्डमा नम्रता पनि सहभागी हुने कुरा थियो । उनको भिसासमेत आइसकेको थियो । तर, अन्तिम समयमा नम्रता उडिनन् । स्रोतका अनुसार उनले आयोजकसँग बिजनेस क्लासको टिकेट मागिन् । आयोजकले मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नीर शाहजस्ता दिग्गज अभिनेतालाई झैँ सुविधा दिएर जापान लैजान लागेको थियो ।
यस्तोमा नम्रतालाई मात्र बिजनेस क्लास दिने कुरा थिएन । यद्दपी नम्रताको ति म्यानेजरलाई आयोजकका एक सदस्यले पहिले नै बिजनेस क्लास टिकेट दिन नसक्ने जनाई सकेको थियो । तर, अन्तिम समयमा उनले बिजनेस क्लास नदिने भए जापान नै नजाने भनेपछि आयोजकले सरी भन्न बाध्य भयो । मह जोडीभन्दा पनि आफूलाई स्पेसल ठान्ने नम्रताको हिम्मत चाहिँ मान्नैपर्छ । फिल्मनगरीकै ५० को हाराहारीमा यात्रा गर्ने तयारीमा रहेका फिल्मकर्मी तथा मिडियाकर्मीसँगसँगै यात्रा गर्न नम्रतालाई किन अप्ठेरो ? यो उनैले जानुन् ।