
फिल्म । पर्वतको मोदीबेनी क्षेत्रको एक कथामा आधारित रहेर तयार पारिएको फिल्म ‘मोदीबेनी’को सार्वजनिक प्रदर्शनमा आएको छ। देशभर प्रदर्शनमा आएको फिल्मलाई पहिलो दिन एक सय भन्दा धेरै शो हरू प्राप्त भएको वितरक करण श्रेष्ठले बताए । यसलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले रिलिज गरेका हुन्।
रिलिजको दुई दिन अघि बुधवार ‘मोदीबेनी’को प्रिमियर शो आयोजना गरिएको थियो । एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा रहेको फिल्मले उठान गरेको विषय, रहेका थ्रिल र ‘सरप्राइजिङ’ दृश्यहरूले प्रिमियरमा उपस्थितलाई उत्साहित बनाएको थियो ।
शङ्कर कोइरालाले निर्देशन गरेको फिल्ममा वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठको जोडीलाई रुचाइएको छ भने रेजिना उप्रेतीको नौ वर्षपछिको कमब्याकको पनि तारिफ गरिएको छ। यसमा वर्षा, अमर, रेजिनाको साथमा, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। यसलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ। यसका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ।
फिल्ममा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ। फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।
