कट्रिनासँग प्रभासको जोडी ?

फिल्म । ‘बाहुबली’ जस्तो सुपरहिट फिल्ममा शिर्ष भूमिका सुपरस्टार प्रभासबाट दर्शकहरूको अपेक्षा बढ्दो छ । किनकी ‘बाहुबली’ सिरिज मार्फत उनले एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका छन् । पछिल्लो फिल्म ‘साहो’ मार्फत क्रेज प्रस्ट्याई सकेका प्रभास आउँदो फिल्ममा सुपरहिरो रोलमा देखिने चर्चा छ । साथै, यो फिल्ममा उनको अपोजिटमा बलिउडकी चर्चित अभिनेत्री कट्रिना कैफ देखिने प्रवल सम्भावना छ ।

केहि समययता प्रभाससंग कट्रिनाको जोडी बढिने चर्चा बढ्दो छ । यसैको बीचमा आएको यो खबरले उनको फ्यानलाई खुसि बनाएको छ । प्रभास आफैले आफुलाई कट्रिना सुहाउने मेकरलाई सुझाएका छन् । यदि भर्तोय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने कट्रिनाले अन्य केहि फिल्मलाई दिएको समय समेत म्यानेज गर्दै प्रभाससँग स्क्रिन शेयर गर्नेछिन् । कट्रिना र प्रभासको केमेष्ट्रीको पर्खाइ दर्शकलाई रहेको छ ।

फिल्ममा प्रभास अनुबन्ध भइसकेको चर्चा पनि छ । यद्दपी यसको आधिकारिक घोषणा भने भएको छैन । तर, फिल्मको निर्माण कम्पनी व्यजयन्ती मूभिजले ट्वीटमा नाग अश्विनको निर्देशनमा प्रभासलाई फिल्मको पर्दामा ल्याउनु गर्वको कुरा रहेको उल्लेख गरेको छ । प्रभासको इमेज अनुरूप निर्देशक नाग अश्विन कमर्शियल कहानी तयार गर्न लागिपरेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्