मुहुर्तसँगै छायांकनमा ‘माग्ने राजा’

फिल्म । ‘माग्ने बुढो’ को उपनामले परिचित कलाकार केदार घिमिरेको शिर्ष भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को मुहुर्त गर्दै आजदेखि नै काभ्रेबाट छायांकन सुरू गरिएको छ । ४० दिनको सेड्युल तय गरिएको ‘माग्ने राजा’ को छायांकन काभ्रेमा १० दिन र काठमाडौँमा ३० दिन हुने लेखक समीप्याराज तिमल्सेनाले बताए ।

‘एउटा निम्नस्तरको व्यक्तिको धनि बन्ने मोहलाई यसमा देखाउने छौँ । मनोरञ्जनले भरिपूर्ण फिल्मले केही सोचनीय विषयलाई पनि उठाउने छ’, लेखक तिमल्सेनाले भने ।

फिल्ममा अभिनेता घिमिरेसँगै आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल लगायतका कलाकारले अभिनय रहनेछ। ऋषि लामिछानेको निर्देशनमा तयार भइरहेको फिल्म आगामी वर्ष विसं २०८२ को हरितालिका तीजमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

कमेन्ट गर्नुहोस्