बक्स अफिसमा देखियो टोटल धमाल’ को कमाल

फिल्म । गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘टोटल धमाल’ ले राम्रो ब्यापार गरिरहेको छ । धमाल र डबल धमालपछी प्रदर्शनमा आएको फिल्मले दर्शकलाई भरपुर मनोरंजन दिईरहेको छ । मल्टिस्टार कास्ट भएकाले पनि बलिउड बक्स अफिसमा फिल्मको कमाल देखिएको छ । अजय देवगन , माधुरी दीक्षित , अनिल कपुर , अरशद वारसी , वुमन इरानी , जोनी लिभर , रितेश देशमुख , इशा गुप्ता लगायतका कलाकारको अभिनया रहेको फिल्मले पहिलो दिन १६.५० करोड र दोस्रो दिन २०.४० करोडको ब्यापार गर्दै दुइ दिनमा नै ३६.९० करोडको ब्यापार गर्न सफल भएको हो ।

फिल्म मनोरन्जनात्मक रहेको प्रतिक्रिया प्राप्त भइरहेको छ भने यसले म्यासेज पनि दिएको छ । फिल्मलाई इन्द्र कुमारले निर्देशन गरेका हुन् । तेस्रो सिरिजमा दर्शकले संजय दत्तलाई मिस भने गरेका छन् । यसैले गर्दा उनि आउने सिरिजमा फिल्ममा देखिन सक्ने सम्भावना भने बढेको छ । केहि दिन अगाडी मात्र निर्देशक इन्द्रले फिल्मको नयाँ सिरिज बन्न सक्ने तर्फ संकेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्