मदनकृष्णको आग्रह ‘संवेदनशिल बनौं’

0 Shares

फिल्म । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो ८ दिनको अस्पताल बसाइपछि घर फर्किए लगतै भिडियो मार्फत आफ्नो शुभचिन्तकलाई जानकारी दिएका छन् । कोरोना भाइरसबाट निको भएर घर फर्किएका अभिनेता श्रेष्ठले भिडियो सन्देश जारी गर्दैै स्वास्थ्य सावधानी अपनाउन सम्पूर्णलाई आग्रह गरेका छन् । आफुले प्रयोग गर्ने सामाजिक सञ्जाल मार्फत उनले कोरोना निकै कडा रहेको र यसले आफूलाई गालेको बताउँदै संवेदनशिल भैदिन आग्रह गरेका छन् ।

उनले स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा लागु गर्न आग्रह गर्दै मास्कको अनिवार्य प्रयोग गर्न र साबुनपानीले हात धुन समेत सुझाएका छन् । आफ्नो परिवारका पाँचैजना सदस्य कोरोनाले थलिएकाले हेरचाहमा कठिन भएको जनाउदै निको भएकोमा भाग्यमानी महसुस गरेको बताएका छन् । महामारीको बेला एकापसमा सहयोग गर्न आग्रह गर्दैै मदनकृष्णले सरकारले तोकेका जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्