भारतीय फिल्मको रिलिज क्यालेन्डर

फिल्म । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण कम हुन् थालेपछि फिल्म रिलिज हुने चर्चा पनि बढ्दो छ । कोरोना भाइरसकै कारण रिलिज रोकिएका फिल्महरु छिटो भन्दा छिटो दर्शक समक्ष पुग्न चाहन्छन । फिल्मको विषयवस्तुमा ओटीटीमा आइरहेका कन्टेनले असर गर्ने डरसँगै कथा बाहिरिने डरले गर्दा पनि रिलिज रोकिएका फिल्महरु सक्दो छिटो दर्शक समक्ष पुग्न आतुर छन् ।

बधाई दो

‘बधाई हो’ फिल्मको सफलता पश्चात यसका निर्माताले दर्शक सामु ‘बधाई दो’ फिल्म ल्याउने भएका छन् । यद्दपी फिल्ममा ‘बधाई हो’ कलाकारहरु आयुष्मान खुराना, नीना गुप्ता, सान्या मल्होत्रा छैनन् । ‘बधाई दो’ नयाँ कथामा दर्शकले आउँदो फेब्रुअरी ११ मा हेर्न पाउनेछन् । कोरोना भाइरस महामारीका कारण दिल्लीमा हल बन्द र महाराष्ट्रमा ५० प्रतिशत अकुपेन्सीमा रहेता पनि फिल्म हलमै आउने भएको हो ।

फिल्म ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै निर्माण पक्षले रिलिज गर्ने तयारी गरेको हो । फिल्मको ट्रेलर सार्वजनिक गर्दै रिलिजको घोषणा गरिएको छ । ट्रेलर फिल्मका मुख्य पात्र राजकुमार राव र भूमि पेन्डेकरको वरपर केन्द्रीत छ । राजकुमार र भूमिले यसै फिल्म मार्फत पहिलो पटक पर्दा शेयर गरेका छन् । हर्षवद्र्धन कुलकर्णीले निर्देशित फिल्ममा कमेडी र ड्रामा दर्शकले हेर्न पाउनेछन् ।

वालिमाइ

साउथ स्टार अजित कुमार अभिनित फिल्म ‘वालिमाइ’को प्रदर्शन मिति पनि जनवरी १३ बाटपछि सारिएको थियो । यद्दपी यो फिल्म अब फेब्रुअरी २४ मा रिलिज हुने भएको छ । विनोदको निर्देशनमा तयार भएको फिल्ममा अजितसँगै हुमा कुरेसी , कार्तिके लगायतको अभिनय रहेको छ । यसफिल्मलाई तामिल , तेलुगु , हिन्दी , कन्नड भाषामा रिलिज गरिनेछ ।

गंगुवाई कठियावाडी

पछिल्लो पुस्ताकी स्टार भनेर चिनिने आलिया भट्ट ‘गंगुवाई कठियावाडी’ मार्फत संजयलीला भन्सालीको टीममा प्रवेश गरेकी छिन् । माधुरी दीक्षित , ऐश्वर्या राय बच्चन , दीपिका पादुकोण पश्चात निर्देशक भन्सालीले आलियामा सम्भावना देखेका छन् । यसैले गर्दा उनले निकै महत्वपूर्ण भूमिका दिएका छन् । गंगुबाई कठियावाडीलाई भव्य सेट बनाएर छायांकन गरिएको थियो । फिल्ममा अजय देवगनको पनि अभिनय रहेको छ ।

झुण्ड

अमिताभ बच्चन अभिनित फिल्म ‘झुण्ड’ मार्च ४ मा रिलिज हुने भएको छ । फिल्ममा मुख्य भूमिकामा अमिताभ नै छन् । सैराट जस्तो सफल फिल्म दर्शकलाई दिईसकेका नागराज मंजुलेले यसलाई निर्देशन गरेका हुन् ।

राधेश्याम

फिल्म ‘राधेश्याम’ मार्च ११ मा रिलिज हुने भएको छ । भारतमा कोरोना भाइरसको तेस्रो लहर सुरु हुनु अगाडी राम्रो प्रचारप्रसार गरिसकेको हुँदा पनि निर्माण टीम फिल्मलाई सक्दो चाडो दर्शक समक्ष पुर्याउन चाहन्छन । बाहुबली मार्फत भारतीय स्टार बनेका प्रभास अभिनित फिल्म ‘राधेश्याम’ मा उनको को-स्टार छिन् पुजा हेगड़े । लभ स्टोरी देखाइने फिल्ममा भाग्य र मायाको लडाईलाई प्रस्तुत गरिनेछ । फिल्मलाई ४ सय करोडको हाराहारीमा निर्माण गरिएको छ । राधाकृष्ण कुमारको निर्देशनमा तयार फिल्मको ट्रेलरलाई दर्शकले रुचाइसकेका छन् ।

बच्चन पाण्डे

बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘बच्चन पाण्डे’ मार्च १८ मा रिलिज हुदैछ । साजिद नाडियाडवालाको ‘बच्चन पाण्डे’ मार्च १८, २०२२ मा रिलिज हुने घोषणा स्वयम् अक्षयले सामाजिक संजाल मार्फत गरेका छन् । फरहाद सामजीले निर्देशन गरेको यसफिल्ममा अक्षयका अलावा ज्याकलिन फर्नान्डिज र कृति सेनन मुख्य भूमिकामा देखिनुहुनेछन् ।

आरआरआर

निर्देशक एसएस राजमौलीले ‘बाहुबली’ सिरिज पश्चात निर्देशन गरेको मात्र नभई साउथका दुइ स्टार जुनिएर एन्टीआर र राम चरणको अभिनय रहेकाले पनि योफिल्म ‘आरआरआर’ प्रतिक्षित छ । यसमा बलिउडका कलाकारहरु अजय देवगन र आलिया भट्ट पनि छिन् । यसैले गर्दा यो प्रतिक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ । यसको रिलिज जनवरी ७ मा गर्ने भनिएता पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको बढ्दो त्रासका कारण रोकियो । यद्दपी कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउने भएपछि फिल्म युनिटले मार्च २५ मा दर्शक समक्ष पुग्ने निश्चित गरेको हो । बहुबालीपछि दर्शक माँझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ ।

अनेक

आयुष्मान खुराना अभिनित फिल्म ‘अनेक’ आश गरिएको एक फिल्म हो । बलिउड शैली भन्दा केहि भिन्न रहेर फिल्म निर्माण गर्दै आइरेअहेक अनुभव सिन्हासँग आयुष्मानले आर्टिकल १५ पश्चात यसमा टीमअप गरेका छन् । भूषण कुमार र अनुभवले मिलेर निर्माण गरेको फिल्म मे १३ मा रिलिज हुने भएको छ ।

भुलभुलैया २

सन् २००७ को चर्चित हरर कमेडी फिल्म ‘भुलभुलैया २’ यो वर्षको प्रतिक्षित फिल्ममध्ये पर्छ । अक्षय कुमार र विद्या वालन अभिनित फिल्मको सिक्वेलमा भने कार्तिक आर्यनको प्रमुख अभिनय रहेको छ । मे २० मा प्रदर्शनमा आउने यसफिल्ममा आर्यनसँगै तब्बु र कियारा एड्वानीको अभिनय रहेको फिल्मलाई अनीस बाज्मीले निर्देशन गरेका हुन् ।

लाल सिंह चड्डा

कोरोना भाइरसले उत्पन्न गरेको अवस्थाले गर्दा आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ एक वर्षपछि धकेलिएको थियो । गत वर्षकै क्रिसमसमा रिलिज गरिने भनिएको फिल्म आउँदो अप्रिलमा रिलिज गर्ने निर्माण टीमले जनाएको छ । फिल्म अप्रिल १४ मै हलमा आउने आमिरले वक विज्ञप्ति मार्फत जनाएको छ ।

ओस्कार विजेता टम ह्याक्सको ‘फरेस्ट गम्प’ मा आधारित फिल्म ‘लाल सिंह चड्डा’ मा आमिर शिर्ष भूमिकामा छन् । फिल्ममा उनको बाल्य अवस्था देखि वृद्ध अवस्थासम्मको यात्रा र बदलिदो संसारलाई देखाइनेछ । यसमा आमिरको अपोजिट कास्टमा करीना कपूर खान छिन् । फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् ।

यस्तै फेब्रुअरीमै ओटीटीमा ताप्सी पन्नु र ताहिरराज भसिन अभिनित फिल्म ‘लुप लपेटा’ रिलिज हुनेछ । त्यसको अर्को साता दीपिका पादुकोण र अनन्या पाण्डे अभिनित फिल्म ‘गहराईया’ रिलिज हुनेछ । कोरोना भाइरसको असर कम हुँदै गएपछि यतिबेला भारतीय फिल्महरु रिलिजको लागि डेट छलफलमा छन् । एजेन्सी सहयोगमा

कमेन्ट गर्नुहोस्