पायलमा ध्रुव पनि

फिल्म । आफ्नो अभिनय यात्रासंगै व्यवसायलाई सगसँगै लाने गरेका अभिनेता ध्रुव अब पायल नामक नयाँ फिल्ममा देखिने भएका छन् । फाल्गुनन्द लिङ्देल फिल्म प्रालि ले निर्माण गर्न लागेको ‘पायल’ मा उनी देखिन लागेका हुन् । ‘पायल’ लाई दीनेश लिङ्देलले निर्देशन गर्ने छन् । ध्रुव फिल्मनगरीमा करिव डेड दशकदेखी त्रियाशील छन् । ध्रुवले प्लान, को हूं म, सन्त्रास, क्राइम, क्राइम–२, जीवन मृत्यु लगायतका फिल्ममा काम गरी सकेका छन् भने हिरो रीटन्र्स नामक फिल्म उनकै व्यानरमा बनेको हो ।

यसो त ध्रुवले करिब ३ दर्जन जति म्यूजिक भिडियोमा पनि अभिनय गरीसकेका छन् । ध्रुव न्यौपाने सगँ अपोजिट रोलमा रीया श्रेष्ठ देखिदै छीन् । यसका अलवा ‘पायल’ मा राजकुमार लिङ्देल, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुव्बा, हस्त लिवाङ, दीलीप ठकुरी, आरपी दाहाल आदी कलाकार रहने छन् । यो फिल्म सोमवार बाट छायाङ्कनमा जानेछ ।

कमेन्ट गर्नुहोस्