‘रांझणा’ को सिक्वेल बन्ने

8 Shares

फिल्म । बलिउडमा फरक प्रेम कथा प्रस्तुत गरेर चर्चामा आएका निर्देशक आनद एल रायले त्यहि फिल्मको सिक्वेल बनाउने भएका छन् । त्यो फरक फिल्म थियो ‘रांझणा’ । फिल्ममा सोनाम कपुर र धनुष थिए । फिल्मलाई दर्शकले निकै रुचाए । तर पनि यसको सिक्वेल हेर्ने मनोकांक्षा दर्शकमा थियो , जसलाई अब निर्देशक रायले पुरा गर्ने भएका छन् ।

शाहरूख खानसँग मिलेर बनाएको ‘जिरो’ वक्सअफिसमा पछारिएपछि उनि’रांझणा’को सिक्वल बनाउँदैछन् । यसपटक धनुषको जोडी बन्नेछिन् सारा अलि खान । पछिल्लो समय बलिउडमा आफ्नो दबदबा बढाउदै गरेकी सारा र धनुषको जोडी बाधिने खबरले दर्शक उत्साहित छन् । हाल यसको प्रि-प्रोडक्सनको काम चलिरहेको छ। डिसेम्बर वा आगामी वर्षको जनवरीबाट फ्लोरमा जाने बताइएको छ । फिल्ममा ऋतिक रोशन पनि प्रमुख भूमिकामा हुने चर्चा चलेको छ । (एजेन्सी)

Facebook Comments