फिल्म। अभिनेता रोहित रुम्बाले चलचित्र कलाकार सङ्घको आसन्न चुनावमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विगत २१ वर्षदेखि कलाकारितामा सक्रिय रुम्बाले थुप्रै फिल्ममा नायकको रूपमा अभिनय गरेका छन् । नायकसँगै फिल्म निर्माण समेत गर्दै आएका रुम्बले देशभरका कलाकारको पेसागत हकहितलाई चुनावी एजेन्डाको रूपमा अघि सारेका छन् ।
‘विगत २१ वर्षदेखि कलाकारिता यात्राको क्रम र नेपाली चलचित्र कलाकारिता अनि निर्माणलाई सँंगसँगै लाने क्रममा सङ्घको आजीवन सदस्य तथा कार्य समिति सदस्य र नेपाल चलचित्र निर्माता सङ्घको साधारण सदस्य रही काम गरेको अनुभवसँगै नेपाली चलचित्र छेत्रका श्रीवृद्धिका लागि अग्रजहरूलाई सम्मान अनि युवापुस्तालाई प्रोत्साहन गर्दै सबै अट्ने अनि सबै जुट्ने कलाकार सङ्घलाई अझ मर्यादित र व्यावसायिक बनाउँदै लाने अठोटका साथ आउँदो चैत ४ मा हुन गइरहेको आसन्न नेपाल चलचित्र कलाकार सङ्घको अधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवारीको लागि घोषणा गर्दछु’,रुम्बोले भने ।
उनी युवाको नेतृत्वले सङ्घसंस्थालाई नयाँ उचाइमा लग्न मदत गर्ने बताउछन्। उनी अभिनित पछिल्लो फिल्म ‘लाखे’ गत भदौँमा प्रदर्शन भएको थियो।