रकको रहर

13 Shares

फिल्म । हलिउड अभिनेता डोयन जोनसन (रक)ले बलिउड फिल्ममा देखिने इच्छुक भएको बताएका छन् । उनी अभिनित ‘जुमान्जीः द नेक्स्ट लेभल’ फिल्मको प्रचारको क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बलिउड फिल्ममा देखिन इच्छुक भएको प्रतिक्रिया दिएका हुन् । उनको फिल्मले बलिउडमा राम्रै दर्शक पाउने गरेको छ । हलिउडका फिल्म हिन्दी भाषामा डब भएर प्रदर्शनमा आउने भएकाले पनि रकले बलिउडमा आफ्नो सम्भावना र रहर दुवै रहेको बताएका हुन् ।

‘बलिउड एक्सन फिल्ममा काम गर्न इच्छुक छु । कारण बलिउड फिल्म हेर्ने दर्शक धेरै भएकाले यसमा काम गर्नुको बेग्लै मज्जा छ,’ उनले भने । बलिउड अभिनेत्री प्रियंका चोपडासँग ‘बेवाच’ फिल्ममा काम गरेका उनी ‘रक’ नामकबाट प्रसिद्ध छन् । उनी अभिनित ‘जुमान्जीः द नेक्स्ट लेभल’ आगामी डिसेम्बर १३ मा रिलिज हुँदैछ । फिल्ममा उनीसहित केविन हार्ट, करेन गिलान, ज्याक ब्लाक र निक जोनासलगायत कलाकारले अभिनय गरेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्