सङ्गीत । गायिका जुनु गौतमको स्वरमा गीति भिडियो ‘साथी मैले तिमीलाई पाएँ’ सार्वजनिक भएको छ । सार्वजनिक प्रेमभाव बोल्ने गीतमा गौतमको नै शब्द तथा संगीत समावेश छ ।
कृष्ण श्रेष्ठको मिक्सिङ, मास्टरिङ तथा एरेञ्ज रहेको गीतले युवा युवतीको एक भेटले सांसारिक खूशी दिने साथ मिलेको र त्यसले जीवनको रंग बदलेको भाव प्रकट गर्छ ।
पल्लवी ‘बी’ले निर्देशन गरेको गीतको भिडियोमा सौरभ सुन्दास र श्रद्धा लामा फिचर्ड छन् । म्युजिक भिडियोमा यसै गीतमार्फत डेब्यू गर्दै मोडलको परिचय थप्न अघि बढेकी श्रद्धा गायिका गौतमकी छोरी हुन् । बालापनदेखिको चाहना, लगाव र सिकाइपछि श्रद्धालाई भिडियोमा डेब्यू गराएको गौतमले बताइन् ।
भिडियोलाई अनुप आदिन दासले छायांकन गरेका हुन् । यो भिडियोमा कसैको साथले जीवनमा आउने परिवर्तनलाई गीतको माध्यमबाट व्यक्त गरिएको छ ।
कमेन्ट गर्नुहोस्










