फिल्म । पछिल्लो फिल्म ‘कबिर सिंह’ को सफलताले बलिउडमा आफ्नो स्टारडमलाई शहिद कपूरले प्रस्ट्याईसकेका छन् । बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाएका छन् । उनको रिलिज फिल्म ‘कबिर सिंह’ ले पाएको सफलताले मात्र होइन , उनको अभिनय क्षमताको कारण चर्चा बढ्दो छ । कबिर सिंहलाई जीवन्त बनाउन शहिदले कुनै कसर बाँकी राखेका छैनन् ।
उनले आफुलाई प्रस्तुत गरेको भूमिकाकै कारण यतिबेला शाहिद फेरी छाएका छन् । पछिल्लो समय कमिने र हैदर जस्ता फिल्म मार्फत बलिउडमा आफ्नो दबदबा कायम गरेका शाहिदले नयाँ उपनाम कबिर सिंह पाएका छन् । शाहिदको प्रस्तुति देखेरै यतिबेला करण जोहरले पनि उनलाई फिल्म अफर गरेका छन् । उनले साउथको फिल्म ‘जर्सी’ को रिमेकमा शहिदलाई अफर गरेका हुन् ।
केहि समय अगाडी शहिदले यो प्रोजेक्टबाट हात झिकेको खबर आएको थियो तर यतिबेला भने उनले साइन गरेको चर्चा छ । बि-टाउनको गसिपलाई आधार मान्ने हो भने करणले आफ्नो चतुर्याइँले शहिदलाई मनाएका छन् । शहिदले प्रोजेक्ट साइन मात्र गरेका छैनन् । उनको को-स्टारको रुपमा रश्मिका मन्दना समेत तय भएकी छिन । उनले शहिदसँग जोडी बाध्दै बलिउडमा डेब्यु गर्न लागेकी हुन् ।
निर्माण टीमको तयारीलाई हेर्न हो भने यस फिल्मलाई दर्शकले सन् २०२० को मध्य तीर हेर्न पाउनेछन् । फिल्ममा एउटा क्रिकेटरको कथा देखाइएको छ । ‘जर्सी’फिल्ममा नानी र श्रद्धा श्रीनाथको मुख्य भूमिका रहेको छ । (एजेन्सी)