यसकारण सर्‍यो ‘परदेशी २’

फिल्म । जस्तो सुकै परिस्थिति आएपनि आफ्नो डेट नछाड्ने अडान राखेको फिल्म ‘परदेशी २’ घोषित मितिबाट पछाडी हटेको छ । फिल्मको सार्वजनिक सामग्री दर्शक माँझ नोटिस हुननसकेपछि दसैँतिहारको समयमा रिलिज क्यालेन्डर क्राउडेड भएको भन्दै ‘परदेशी २’ले पछि सर्ने निर्णय गरेको हो । असोज १४ लाई प्रदर्शन मिति तोकेको फिल्म अब फागनु ५ मा प्रदर्शनमा आउनेछ ।

‘प्रेमगीत ३’ भारतमा समेत रिलिज गर्ने भएपछि यो फिल्मले पाएको हाइप र लगत्तैको हप्ता रिलिज हुन लागेको ‘दुई नम्बरी’को टिजरले दर्शक रत्तिएको देखेपछि ‘परदेशी २’ निर्माण टिम रिलिज सार्ने छलफलमा जुटेको थियो । यही मितिमा ऋतिक रोशन र सैफ अली खान अभीनित बलिउड फिल्म ‘विक्रम बेधा’ र विक्रम र ऐश्वर्या राय अभीनित दक्षिण भारतीय फिल्म ‘पन्नियन सेल्भन’ आउने चर्चा छ । यी सब कारण देखाउँदै अन्ततः फिल्म ५ महिना पर सरेको छ । नारायण रायमाझीको निर्देशन रहेको फिल्मबाट प्रकाश सपूतले फिचर फिल्ममा डेब्यू गर्दैछन् ।

फिल्ममा केकी अधिकारी , प्रशान्त तामाङ पनि छन् । यद्दपि फिल्मको सार्वजनिक सामग्री प्रति दर्शक आकर्षणसँगै माथि उल्लेखित विभिन्न पक्षलाई मध्यनजर गर्दै फिल्म सारेको बुझिएको छ । निर्माता राजेश बंशलले आफूले रिलिज गर्न ताकेको समयमा नेपाली र हिन्दी फिल्मको भिडभाड भएकाले पछि सर्ने निर्णय गरेको बताए । निर्माता बंशल र निर्देशक रायमाझीले यसअगाडीको फिल्महरु ‘गोर्खा पल्टन’ र ‘परदेशी’ को गीतसंगीत प्रति दर्शक आकर्षित थिए । साथै फिल्मले पनि राम्रो व्यापार गरेको थियो । यद्दपि यसपटक ‘परदेशी २’ सार्न बाध्य भएका छन् ।

कमेन्ट गर्नुहोस्