अजयले परिवर्तन् गरे फिल्मको रिलिज डेट

फिल्म । अभिनेता अजय देवगन पछिल्लो समय आफ्नो महत्वकांक्षी प्रोजेक्ट तानाजीमा व्यस्त छन् । फिल्ममा उनि मराठा साम्राज्यको सेनापति सुबेदार तानाजी मालुसरेको भूमिका निर्वाह गर्दैछन् । जहाँ उनलाई आफ्नो एन्टागोनिस्टको खोजि थियो । उनले अन्तत आफ्नो एन्टीहिरोको भुमिकामा अभिनेता सैफअलि खानलाई फाइनल गरेका छन् । फिल्ममा सैफले उदयभान सिंह राठौरको भूमिका निर्वाह गर्दैछन् । रेस फिल्मको दुई सिरिजमा एन्टीहिरोको भूमिका निर्वाह गरेका सैफले अजयको प्रस्तावलाई स्वीकार गर्दै सहमति जनाएका छन् ।

अजय पनि यसप्रोजेक्टलाई लिएर सिरियस छन् । यी दुईले अभिनय गरेको फिल्म कच्चे धांगेले पनि चर्चा पाएको थियो । एन्टागोनिस्टसँगै फाइनल गरिएको २२ नोभेम्बर २०१९ को रिलिज डेटलाई परिवर्तन गर्दै उनले फिल्मलाई आउँदो वर्ष सन् २०२० को जनवरी १० मा रिलिज गर्ने सोच बनाएका छन् । भारतीय मिडियामा उल्लेख भए अनुसार वितरकको सल्लाहमा डेटलाई फाइनल गरिएको उनले बताएका छन् । जनवरीको दोस्रो साता यस वर्ष फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ प्रदर्शनमा आएको थियो । त्यसपछी यस डेटलाई राम्रो मानिन्छ ।

कमेन्ट गर्नुहोस्