शैक्षिक मेलामा उपासनासँग परामर्श

0 Shares

फिल्म । अभिनेत्री उपासना सिंह ठकुरीले विद्यार्थीहरुसँग छलफल गरेकी छिन् । उनि ब्राण्ड एम्बेसडर रहेको एजुकेसन एण्ड माइग्रेसन कर्नरले आयोजना गरेको शैक्षिक मेलामा उनले विद्यार्थीहरुसँग भेटघाट गर्नुका साथै विदेशमा हासिल गर्ने उच्च शिक्षा बारे छलफल गरेकी हुन् । एजुकेसन एण्ड माइग्रेसन कर्नरले शुक्रबार आफ्नो कार्यालयमा आयोजना गरेको शैक्षिक मेलामा उनले सहभागीसँग परामर्श गरिन् ।

पछिल्लो समय नेपाली फिल्मनगरीमा डिमाण्डेबल अभिनेत्रीको सुचीमा पर्ने उपासनाले उपस्थित विद्यार्थीहरुको जिज्ञाषा मेटाइन् । ‘उहाँहरुसँग छलफल गर्दा रमाइलो अनुभव भयो । आफुले जानेको जानकारीलाई बाड्न पाए , भेटघाट फलदायी रह्यो’ उपासनाले भनिन् । उच्च शिक्षा हासिल गर्न बेलायत , अष्ट्रेलिया , क्यानाडा पुग्न चाहने विद्यार्थी लक्षित शैक्षिक मेलाले मार्ग निर्देश गरेको कर्नर प्रमुख सुनिल उप्रेतीले बताए । मेलामा युनिभर्सिटीका प्रतिनिधि , शैक्षिक ऋणका निमित बैंकका प्रतिनिधि , आइडिपीआरका प्रतिनिधिहरुले सहभागीसँग छलफल गरेका थिए ।

कमेन्ट गर्नुहोस्