अनमोलले साइन गरे नयाँ फिल्म ?

फिल्म । अनमोल केसी के गर्दैछन् भन्ने चासो दर्शकसंगै फिल्मकर्मीलाई पनि हुन्छ । पछिल्लो पुस्ताको हिरो मध्य सबै भन्दा बढी फिल्म प्रस्ताव गरिने एक्टर हुन् अनमोल । उनलाई लेखिएको स्क्रिप्टमा हिरोको रुपमा नदेख्ने कमैछन् । यहि फागुन देखि ‘ए मेरो हजुर ४’ को कामलाई अगाडी बढाउने तयारीमा रहेका अनमोलले नयाँ फिल्म साइन गरेको चर्चा छ । पछिल्लो समय ‘एन्टी हिरो’ को काम रहेका अनमोलले माधव वाग्लेको निर्देशनमा बन्ने फिल्म ‘पारस’ साइन गरेको चर्चा छ । केहि समय देखि माधव र अनमोल बीच फिल्मलाई लिएर विभिन्न छलफल भईरहेको थियो ।

बुझीए अनुसार फिल्ममा माधवसंगै भुवन केसीको पनि लगानीमा सहकार्य रहनेछ । लूट र छड्के निर्माता भनेर चिनिने माधवले डेब्यु फिल्ममा कास्टसंगै अन्य कुनै कुरामा सम्झौता गर्न तयार छैनन् । ‘मैले डेब्यु गर्ने फिल्ममा मेरो अनुभव त प्रयोग हुन्छ नै यतिबेला टिम पनि राम्रो बनाउने कोसिसमा छु’ माधव भन्छन् । यद्दपी उनले अनमोलसंगको कुरा भने पूर्ण रुपमा प्रस्ट्याएनन् । ‘हाम्रो कुरा भएको छ यद्दपी कागजी सम्झौता भएको छैन्’ माधवले भने । उनले सम्झौता भएपछी पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए । तर , फिल्म निकटको श्रोतलाइ आधार मान्ने हो बने अनमोलले साइन गरिसकेका छन् । माधवले कथा बलियो पाएकोले निर्देशनमा डेब्यु गर्न लागेको बताए । कथालाई स्क्रिप्ट बनाउने काम गर्दैछन् प्रदीप भारद्वाजले । फिल्मको छायांकन बैशाखबाट गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

कमेन्ट गर्नुहोस्