पूर्वी नेपालमा ‘मनसरा’

फिल्म । कवि उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म ‘मनसरा’ को काठमाडौँपछि विराटनगरमा प्रिमियर गरियो । विहिबार प्रिमियरसम्पन्न भएपछि फिल्मका निर्देशक सुब्बासहित कलाकार दयाहाङ राई, मिरुना मगर, प्रविन खतिवडा लगायतले दर्शकसँग साक्षात्कार गरेका छन् । विराटनगर, इटहरी तथा धरानका दर्शक भेट्दा निर्माण टिमले सकारात्मक प्रतिक्रिया पाएको दाबी गरेको छ ।

शनिबार दमक र विर्तामोड पुगेर दर्शक प्रतिक्रिया लिने तयारी निर्माण टिमको छ । फिल्मका निर्माता तथा छायाँकार शैलेन्द्र डी कार्कीले दर्शकमा उत्कृष्ट प्रतिक्रिया मिलेको र पुर्वी नेपालमा देखिएको दर्शक चाप विस्तारै नेपालभरीका हलमा देखिने विश्वास व्यक्त गरे ।

शुक्रबार बिहानी शोबाट पूर्वी नेपालका हलमा दर्शकको चाप उच्च देखिएको छ । फिल्ममा अभिनेत्री मिरुना मगर, दयाहाङ राई, प्रविन खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय छ । निर्देशक उपेन्द्र सुब्बाकैलेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्रध्वज कार्की हुन् ।

विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउन्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर रसुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्मका मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई हुन् ।

कमेन्ट गर्नुहोस्