मेलिना र समिरले ल्याए ‘पल्केर’ (सार्वजनिक)

संगीत । पछिल्लो समय गीतसंगीत मार्फत दर्शकसंगै श्रोताको मनमा बस्न सफल गायक समीर सिङ्गक र मेलिना राईको आवाजमा रहेको गीत’पल्केर’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा डिपि खनालको शब्द रहेको छ । गीतमा शंकर थापा ‘स्माइल’ले संगीत दिएका छन् ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा एलिशा राई र किरण गुरुङ फिचर छन् । भिडियोमा किरण एलिशासँग पल्किएको देखाइएको छ । बुद्ध थापाले खिचेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् । केन्द्र लिम्बुले निर्माण गरेको भिडियो सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन् । भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्