संरक्षण युट्युबमा रिलिज (फुल फिल्म)

फिल्म । निर्देशक पूर्णेन्दु झाको डेब्यु निर्देशन रहेको फिल्म ‘संरक्षण’ युट्युबमा रिलिज गरिएको छ । डिसेम्बर २० मा फिल्मको युट्युब रिलिज गरिएको हो ।पोलिटिकल थ्रीलर जानरामा बनाइएको ‘संरक्षण’ मा मधेस राजनीतिलाई मूल विषय बनाईएकोछ । फिल्मले मधेस केन्द्रित राजनीति, आन्दोलन र हत्याहिंसालाई मूल विषय बनाएर कथा प्रस्तुत गर्ने प्रयास गरेको छ । निर्देशक झाले रमेशरञ्जनसँग मिलेर फिल्मको पटकथा तयार पारेका हुन् ।

पूर्णेन्दु प्रोडक्सनको ब्यानरमा नरेन्द्र महर्जन, प्रदीपकुमार उदय, नन्दु श्रीवास्तव र श्वेता शाहको संयुक्त लगानी रहेको फिल्ममा निखिल उप्रेती , सौगात मल्ल ,मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, कृष्ण सिंह, रमेश बुढाथोकी, नीर शाह, श्वेता शाह, नन्दु श्रीवास्तव र राज कटुवालको अभिनय देख्न सकिन्छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् भने प्रवेश मालिकले संगीत दिएका छन् । निर्देशक झा निर्देशित फिल्म ‘चौका दाउ’ यहि पौष २७ मा रिलिज हुदैछ ।

कमेन्ट गर्नुहोस्