फिल्म । सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडाको सुन्दरताको चर्चा हुने गर्छ । ‘ब्युटी विथ ब्रेन’ को उपमा समेत पाएकी श्रृङ्खलालाई फिल्म खेल्ने प्रस्ताव समेत आइसकेको छ । तर , उनि तयार छैनन् । उनी टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको तस्वीर उनको इन्स्टाग्रामबाट थाहा हुन्छ । तर, उनी टर्की पुगेसँगै उनको प्रेम चर्चाले नेपालमा भने राम्रै चर्चा पाइरहेको छ । टर्कीमा उनले भ्ल्गर शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको हो । श्रृङ्खलाले तस्वीर पोष्ट गरेसंगै उनको विभिन्न ट्रोल समेत बनिरहेको छ ।
हुनत, शिसन र श्रृङ्खलाको प्रेम चर्चा नेपालमा चल्न थालेको पनि केही समय भयो । तर, यो बिषयमा दुबैले मुख भने खोलेका छैनन् । शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएसँगै उनीहरुको प्रेमको चर्चा सामाजिक संजालमा भाइरल भएको छ । उनले श्रृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा बनाएका भिडियो चर्चामा थियो । मिस नेपालहरु अहिले आफ्नो प्रेमलाई खुलाउन थालेका छन् । यहीविचमा, श्रृङ्खलाले पनि टर्की पुगेर प्रेमको घोषणा घुमाउरो पारामा गरेको हुनुपर्छ । तर, यो बिषयमा दुइले औपचारिक रुपमा केही पनि बताएका छन् ।